भोजपुरमा फरक क्षमता भएकालाई भत्ता, कुन वर्गका व्यक्तिलार्इ कति दिइँदैछ ?



भोजपुर, असार २५

फरक क्षमता भएका सर्वसाधारणलाई अरुण गाउँपालिकाद्वारा भत्ता प्रदान गरिएको छ । गाउँपालिकाभित्रका १५० जनालाई स्थानीय सरकारले एक कार्यक्रमबीच प्रोत्साहनस्वरुप भत्ता प्रदान गरेको हो ।

‘ग’ र ‘घ’ वर्गका ७५÷७५ जना गरी जम्मा १५० जना अपाङ्गता भएका व्यक्तिलाई प्रतिव्यक्ति वार्षिक रु छ हजारका दरले भत्ता प्रदान गरिएको स्थानीय सरकारका प्रमुख एवं गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

राज्यले प्रदान गर्ने सेवा सुविधाबाट वञ्चित रहेका यस्ता फरक क्षमताका सर्वसाधारणले पहिलोपटक गाउँपालिकाबाट भत्ता तथा सम्मान पाएपछि हर्षित भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News