विश्वकपको पहिलो सेमिफाईनलमा बेल्जियम र फ्रान्स भिड्दै


 


काठमाण्डौ, असार २६

विश्वकप फुटवलको सेमिफाइनलका खेल आजदेखि सुरु हुँदैछन । पहिलो सेमिफाइनलमा आज बेल्जियम र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल विश्वकप फाइनल अघिको फाइनलका रुपमा पनि हेरिएको छ ।

रसियाको क्रिस्तोभस्की रंगशालामा हुने दुई बलिया टिमको खेल राति पौने १२ बजे सुरु हुनेछ । यो खेललाई स्टार खेलाडी विरुद्धको खेलका रुपमा पनि हेरिएको छ । गोल्डेन जेनेरेसनबाट गुज्रिरहेको बेल्जियमले फ्रान्स विरुद्ध ऐतिहासिक जित निकाल्ने लक्ष्यमा छ । आजको खेलमा फ्रान्सका ब्लेइसी मातुइदी एक खेलको प्रतिबन्ध पछि फर्किनेछन ।

क्वाटरफाइनमा उरुग्वे विरुद्ध राम्रो खेल्न नसकेका ओलिभर जिरुडपनि टिममा पर्ने पक्का जस्तै छ । यता बेल्जियमका लागि थोमर मुनियर दोहोरो पहेलो कार्डका कारण खेल गुमाउनेछन । जसका कारण बेल्जियमले डिफेन्सलाईनमा असर गर्न सक्नेछ । फ्रान्स र बेल्जियम अहिलेसम्म ७४ पटक एकअर्काविरुद्ध मैदानमा उत्रिएका छन ।

फ्रान्सले अन्तर्राष्ट्रिय स्तरमा सबैभन्दा धरैपटक खेलेको टिम नै बेल्जियम हो । तर विश्वकपमा भने यी दुई टिम मात्र दुई पटक खेलेका छन । जसमा दुबैपटक फ्रान्स विजयी भएको छ । प्रत्येक चार/चार वर्षमा आयोजना हुने विश्वकपमा पछिल्लो कालमा फ्रान्सले १२ वर्षपछि तथा बेल्जियमले ३२ वर्षपछि सेमिफाइनलको यात्रा तय गरेका हुन् ।

त्यस्तै भोली बुधबार हुने दोस्रो सेमिफाइनल खेलमा एक पटकको विश्व विजेता इङ्ल्याण्डले क्रोसियाको सामना गर्दैछ । पछिल्लो कालमा इङ्ल्याण्ड २८ वर्षपछि तथा क्रोएसिया २० वर्षपछि सेमिफाइनल पुगेका हुन् ।

प्रकाशित मिति: २६ असार २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्