बेल्जियमलाई हराउँदै फ्रान्स फाइनल प्रवेश


 


काठमाडौं, असार २७
फ्रान्स रूसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

सेन्ट पिटर्सबर्ग रंगशालामा मंगलबार राति सम्पन्न पहिलो सेमिफानल खेलमा बेल्जियमलाई १–० ले स्तब्ध पार्दै फ्रान्स उपाधि नजिक पुगेको हो।

फ्रान्सको जितमा एकमात्र निर्णायक गोल खेलको ५१ औं मिनेटमा सामुएल उम्टीटीले गरे ।

फ्रान्सले अब उपाधिका लागि इङ्ल्याण्ड र क्रोएसियाबीचको दोस्रो सेमिफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । सो खेल बुधबार राती हुनेछ।

प्रकाशित मिति: २६ असार २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्