तेस्रो स्थानका लागि बेल्जियम र इङ्ल्यान्ड भिड्दै


 


काठमाण्डौँ, असार ३०

रुसमा जारी विश्वकप फुटबलको तेस्रो स्थानको प्लेअफका लागि आज बेल्जियम र इङ्ल्यान्ड भिड्दै छन् ।नेपाली समयअनुसार आज साँझ पौने ८ बजे सेन्टर पिटर्सबर्ग रंगशालामा दुई टोलीबीच प्रतिस्पर्धा हुँदै छ ।

मंगलबार भएको खेलमा बेल्जियम फ्रान्ससँग पराजित भएपछि फाइनल प्रवेश गर्न सकेको थिएन भने बुधबार भएको खेलमा क्रोएसियासँग पराजित भएपछि इङ्ल्यान्डले पनि तेस्रो स्थानका लागि बेल्जियमसँगको भेट निश्चित गरेको हो ।

प्रकाशित मिति: ३० असार २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्