राजदूतमा सिफारिस



काठमाडौँ, असार ३२

सरकारले गणतन्त्र भारतका लागि नेपाली राजदूतमा निर्वाचन आयोगका पूर्वप्रमुख नीलकण्ठ उप्रेतीलाई सिफारिस गरेको छ । यसैगरी मलेसियाका लागि नेपाली राजदूतमा पूर्वराजदूत उदयराज पाण्डेलाई सिफारिस गर्ने निणर्य गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले उहाँहरुलाई ती देशका राजदूतमा सिफारिस गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिनुभएको हो ।

नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को सो निर्णयलाई संसदीय सुनुवाई समितिले अनुमोदन गर्नुपर्नेछ ।

प्रस्तावित राजदूत उप्रेती भूटान र अफगानिस्तानका लागि तथा पाण्डे इण्डोनेसिया र ब्रुनाई दारेसलामका लागि गैरआवासीय राजदूतका रुपमा पनि हेर्नुहुनेछ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News