आजदेखी दिउँसो टिप्पर चलाउन रोक

काठमाडौं, साउन १
काठमाडौं उपत्यकामा आजदेखि दिउँसो टिप्पर चलाउन रोक लगाइएको छ । टिप्परले गर्दा दुर्घटना बढेपछि सरकारले दिउँसो टिप्पर चलाउन रोक लगाएको हो ।
गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी र ट्राफिक प्रहरीलाई दिउँसो टिप्पर चलाउन पूर्ण रुपमा रोक लगाउन यसअघि नै निर्देशन दिइसकेको छ । अब राति ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै टिप्पर चलाउन पाइने गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिनुभयो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार असार महिनामा काठमाडौँ उपत्यकामा १ सय ८ वटा दुर्घटना भएकामा ४० वटा दुर्घटना टिप्परले निम्त्याएका थिए । टिप्परको ठक्करबाट काठमाडौंमा मात्रै तीनजनाको ज्यान गएको छ ।
प्रकाशित मिति: १ श्रावण २०७५, मंगलबार