भारतको बाल सुधारगृहबाट चार नेपाली बालकको उद्धार



बुटवल, साउन ६

भारतको एक बाल सुधारगृहमा रहेका चार जना नेपाली बालकको उद्धार गरिएको छ ।

उनीहरुलाई प्रवासी नेपाली मित्र मञ्च भारतको सहयोगमा उद्धार गरी नेपाल ल्याइएको हो । लामो समयदेखि भारतको उत्तर प्रदेशस्थित देवरियाको बाल सुधारगृहमा रहेका चार बालकलाई प्रवासी नेपाली मित्र मञ्च भारतले उद्धार गरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाएको हो ।

आफ्नो घर ठेगाना र अभिभावकसमेत बताउन नसक्ने अवस्थाका ती बालकलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संरक्षणमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बालकको आफन्तसमक्ष पुर्याउन सहयोगका लागि सबैमा अपिलसमेत गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News