पानी नपरेपछि किसानलार्इ अब भगवानकै भर, कुलोको मुहानमा कुखुरा र बोकाको बलि



दाङ, साउन ६

साउन एक साता बित्न लाग्दा पनि अझै वर्षात् नभएको र खेती हुन नसकेको भन्दै यहाँका किसानले भुमेबर्माको पूजा गरेका छन् ।

तुलसीपुर क्षेत्रको सात गाउँले कुलोबाट सिँचाइ हुने किसानले शनिबार सिँचाइ कुलोको मुहानमा गएर पूजा गरेका हुन् । तुलसीपुर उपमहानगरपालिका–३ को श्रीकुलामा पूजा गरेको सात गाउँले कुलो सिँचाइ आयोजनाका अध्यक्ष कुलप्रसाद कालाथोकीले बताउनुभयो ।

उहाँले पानी नपरी खडेरीका कारण खेती हुन नसकेको भन्दै पूजाआजा गरेमा देवता खुशी भई पानी पान्र्छिन् भन्ने जनविश्वासका कारण पूजा गरिएको हो भन्नुभयो ।

सयौँको सख्यामा कुलोको मुहानमा पूजा गर्न पुगेका किसानले कुखुरा र बोकासमेत काटेर बलि थिए । समयमा पानी नपर्दा किसान निकै चिन्तित रहेका छन् । पानी नपर्दा तुलसीपुरको हजाराँै बिगाह जमीन बाँझै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News