सिडिओहरुको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)



काठमाडौँ, ९ साउन
गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीको व्यापक सरुवा गरेको छ ।

मन्त्रालयले आज ३० प्रमुख जिल्ला तथा सहायक प्रमुख जिल्लाको सरुवा गरेको हो । जसमा अध्यागमन विभागमा ईश्वरराज पौडेल, जिल्ला प्रशासन कार्यालय काठमाडौँमा रामप्रसाद आचार्य, जिल्ला प्रशासन कार्यालय ललितपुरमा प्रेमराज जोशी, दीपक काफ्लेलाई राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रमा सरुवा गरिएको छ ।

यसअघि पौडेल गृह मन्त्रालय, आचार्य जिल्ला प्रशासन कार्यालय मोरङ, जोशी गृहमन्त्रालय र काफ्ले अध्यागमन विभागमा कार्यरत हुनुहुन्थ्यो ।

यस्तै काठमाडौँका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मालाई गृहमन्त्रालय र ललितपुरका प्रमुख जिल्ला अधिकारी महादेव पन्तलाई गृहमन्त्रालयमा सरुवा गरिएको गृहमन्त्रालयले जनाएको छ ।

यस्तै अध्यागमन कार्यालयका सहसचिव होमनाथ थपलियालाई प्रहरी किताबखानामा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News