जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ



नवलपरासी, साउन १४

जबर्जस्ती करणी मुद्दामा अदालतको फरार सूचीमा रहेको एक अभियुक्तलाई प्रहरीले पक्राउ गरी आइतबार जिल्ला अदालत नवलपरासीमा बुझाएको छ ।

तीन वर्ष छ महिना कैद सजाय पाएका पूर्वी नवलपरासी मध्यबिन्दु नगरपालिका–१ कोल्हुवा बस्ने ४३ वर्षीय राजु भन्ने सुरतराम चौधरीलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ ।

चौधरीलाई लुकिछिपी बसी रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । पछिल्लो पटक प्रहरीले जिल्ला अदालतको फरार सूचीमा रहेको अभियुक्तलाई पक्राउ गर्ने अभियान चलाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News