नेता नेपाल स्वदेश फिर्ता



काठमाण्डौँ, साउन १४

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल कम्बोडियामा भएको संसदीय निर्वाचन पर्यवेक्षण गरी आज स्वदेश फर्कनु भएको छ ।

निर्वाचन पर्यवेक्षणका क्रममा उहाँले कम्बोडियाका प्रधानमन्त्री हुन सेनसँग भेटघाट गर्नुभएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले बताउनुभयो । त्यहाँ आइतबार संसदीय निर्वाचन भएको थियो । सो निर्वाचनको पर्यवेक्षण गर्न सांसद सुजाता कोइराला र भानुभक्त ढकालसमेत जानु भएको थियो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपाल ‘सेन्ट्रिस्ट एशिया प्यासिफिक डेमोक्र्याट्स इन्टरनेशनल’ को उपाध्यक्ष हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News