काठ नियन्त्रणमा लिन हवाई फायर



मोरङ, साउन १५

मोरङको केरावारी गाउँपालिका – १० स्थित कालीपोखरी जाने बाटोको जंगलबाट प्रहरीले गएराती हवाई फायर गरेर बहुमूल्य सखुवाको काठ नियन्त्रणमा लिएको छ ।

तस्करी गरेर केरावारी बजारतिर लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय केरावारीबाट प्रहरी नायव निरीक्षक दिपक यादवको नेतृत्वमा गएको प्रहरीको टोलीले काठ नियन्त्रणमा लिएको हो । ९/१० जनाको संख्यामा रहेका तस्करको समूहले प्रहरीमाथि खुकुरी प्रहार गरेपछि काठ नियन्त्रणमा लिन एक राउण्ड हवाई फायर गर्नु परेको यादवले बताउनु भयो । उहाँका अनुसार तस्कर समूह काँधमा सखुवाको चिरान काठ बोकेर अघि बढिरहेको अवस्थामा प्रहरीले भेट्टाएको थियो ।

त्यसपछि तस्करीमा संलग्न ब्यक्तिहरु प्रहरीमाथि आक्रमणमा उत्रिएका थिए । तस्करीको काठ नियन्त्रणमा लिन र आत्मरक्षाका लागि प्रहरीले फायर नै खोल्नु परेको प्रहरी नायव निरीक्षक यादवको भनाइ छ । हवाई फायर गरिएपछि भने तस्करीमा संलग्न ब्यक्तिहरु काठ त्यहीं छाडेर फरार भएका थिए । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट तस्करी गर्दै गरेको सखुवाको छ वटा चिरान काठ, काठ काट्न प्रयोग गरिने आरा लगायतका विभिन्न औजारहरु, टर्च लाइट, खुकुरी, डोरी बरामद गरेको छ । बरामद काठ सहितका सामान आवश्यक कारवाहीका लागि प्रहरीले आज सेक्टर वन कार्यालय सलकपुर सुन्दरहैचामा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News