बञ्चरो प्रहार गरी श्रीमतीको हत्या


 


झापा, साउन  १५

झापाको मेचीनगर नगरपालिका – ११ मेचे टोलमा आज बञ्चरो प्रहारबाट एक महिलाको हत्या भएको छ । मेचीनगर नगरपालिका ११ बस्ने २८ वर्षीय राजिव मेचेले आफ्नै श्रीमती २० वर्षिया मनिषा मेचेलाई टाउकोमा बन्चरोले हिर्काई हत्या गरेको इलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।

हत्या पश्चात राजिव मेचे फरार भएकाले खोजी भईरहेको इलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।

प्रकाशित मिति: १५ श्रावण २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्