भारतीय दूतावासको विराटनगर कार्यालय बन्द



काठमाडौँ, साउन १६

नेपालस्थित भारतीय दूतावासअन्तर्गतको विराटनगर क्याम्प कार्यालयबाट प्रदान गरिने सबै सेवा आजदेखि बन्द भएका छन् । भारतीय दूतावासद्वारा जारी विज्ञप्तिअनुसार दूतावासको विराटनगर कार्यालयबाट प्रदान गरिँदै आएका यातायात अनुमति, भारतीय नागरिकका लागि प्रमाणपत्र दर्ता, जन्म/मृत्यु पञ्जीकरण प्रमाणीकरणलगायत सेवा बन्द गरिएका हुन् ।

हालसम्म विराटनगर कार्यालयबाट प्रदान गरिने सबै सेवाका लागि आज अगष्ट १ देखि काठमाडौँस्थित भारतीय दूतावासमा सम्पर्क गर्न आग्रह गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो नेपाल भ्रमणका बेला सो कार्यालय बन्द गर्ने बारेमा सहमति भएको थियो ।

विसं २०६५ भदौमा कोशी बाँध भत्किएर आएको बाढीपछि भारतीय भूमिबाट गरिने यातायात सहजताका लागि सो कार्यालय स्थापना गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News