काँग्रेसले तीन दिन आधा झण्डा झुकाउने



काठमाडौँ, साउन १६

नेपाली काँग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य एवं पूर्व सांसद स्वर्गीय कृष्णकुमार जोशीको सम्मानमा यही साउन १६–१८ गते पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले स्व नेता जोशीको सम्मानमा केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले साउन १७ गते केन्द्र तथा जिल्लाका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकले नेता जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै स्व जोशीले काँग्रेसको संगठन विस्तार र लोकतान्त्रिक आन्दोलनमा पुर्याउनु भएको योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहने जनाएको छ ।

बैठकले स्व जोशीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । नेता जोशीको मंगलबार निधन भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News