फौजदारी संहिता प्रभावित नहुने व्यवस्था मिलाउन महासंघको माग


 


काठमाण्डौँ, साउन १६

नेपाल पत्रकार महासंघले फौजदारी संहिताको कतिपय प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि आघात पुग्न सक्ने भन्दै सञ्चार माध्यम र संचारकर्मीका लागि उक्त फौजदारी संहिता प्रभावित नहुने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

महासंघ केन्द्रीय समितिको आज बसेको बैठकले पछिल्ला दिनमा प्रकाशित/प्रसारित समाचारलाई लिएर विद्युतीय कारोबार ऐनअन्तर्गत सञ्चारकर्मी र सञ्चारमाध्यममाथि कानूनी कारबाही बढेकाले त्यस्तो कामकारबाही रोक्न माग गरेको छ ।

बैठकले महासंघको गण्डकी प्रदेश समितिले एक संस्थासँग सहयोग माग गरी दिएको निवेदनमाथि आफूखुसी तोक लगाई सामाजिक सञ्जालमा सार्वजनिक गर्ने कार्यले महासंघको प्रतिष्ठामाथि गम्भीर क्षति पुर्याएको भन्दै आगामी दिनमा त्यस्ता गैरजिम्मेवार कार्य नदोहोर्याउन सचेत गराएको छ ।

प्रकाशित मिति: १६ श्रावण २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्