बन्द भएको नमस्ते झरना सञ्चालनमा



धनकुटा साउन २१

पूर्वको पर्यटकीय स्थलको रूपमा परिचित धनकुटाको साँगुरीगढी गाउँपालिका – ६ सिम्सुवामा रहेको नमस्ते झरना आजबाट सञ्चालनमा आएको छ ।

एक महिना लगाएर सबै ब्यवस्थापनको काम सकेपछि आज बिहानैबाट सो झरना सुचारू भएको हो । सपरिवार सहित घुम्न गएका इटहरी ९ का विक्रम तामाङको एक महिना अघि झरना माथिबाट झरेको ढुंगाले लागेर मृत्यु भएपछि मर्मतकालागि भन्दै ब्यवस्थापन पक्षले आगन्तुक पर्यटकहरूका लागि झरना प्रवेसमा रोक लगाउदै आएको थियो ।

एक महिनाको समय लगाएर सम्पुर्ण ब्यवस्थापन मिलाएपछि आज बिहानैबाट पर्यटकहरूका लागि झरना सुचारू गरिएको व्यवस्थापन समितिका संस्थापक अध्यक्ष अग्नि लिम्बूले जानकारी दिनुभयो । झरना घुम्न आउने पर्यटकको सुरक्षाको लागि झरनाको दायाँ–बायाँ माछीकाँडे जाली लगाइएको र पर्यटकहरूको शुरक्षाका लागि शुरक्षा गार्डको समेत ब्यवस्था मिलाइएको अध्यक्ष लिम्बुले बताउनुभयो ।

साँगुरीगढी गाउँपालिकाको ६ लाख आर्थिक सहयोग र स्थानीय समुदायको ५० हजार गरी ६ लाख ५० हजारमा झरनामा ढुङ्गा नझर्ने गरी माछीकाँडे जाली लगाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News