मोटरसाईकल चालकको मृत्यु
मोरङ, साउन २२
मोरङको सुनवर्षी नगरपालिका– २ झपरतोलस्थित भित्री सडक खण्डमा गएराती मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ३ प ६६९४ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको मे ३ प ९३१० नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खान पुग्दा दुर्घटना भएको थियो ।
दुर्घटनामा ६६९४ नम्बरको मोटरसाईकलका चालक मोरङ, रतुवामाई नगरपालिका– २ बस्ने ५५ वर्षिय जगदिश शाहको उपचारको क्रममा रंगेली अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।
दुर्घटनामा अर्को मोटरसाईकलका चालक सुनवर्षी – ६ बस्ने ४५ वर्षिय रुपनारायण ताजपुरिया घाईते भएकाले उहाँको न्युरो अस्पताल विराटनगरमा उपचार भईरहेको छ ।
प्रकाशित मिति: २२ श्रावण २०७५, मंगलबार
















