ठक्करबाट वृद्धको मृत्यु



मोरङ, साउन २२

मोरङको सुन्दरहरैचा नगरपालिका–६स्थित भित्री सडकखण्डमा अटो रिक्साको ठक्करबाट एक वृद्धको आज मृत्यु भएको छ । आज बिहान दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को२ह १७३२ नंको अटो रिक्साको ठक्करबाट सोही ठाउँका पैदलयात्री ७८ वर्षीय कर्णबहादुर गुरुङको मृत्यु भएको हो ।

अटोको ठक्करबाट गम्भीर घाइते भएका गुरुङको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा दिउँसो २ः४५ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङका प्रहरी निरीक्षक शिवकुमार पोखरेलले जानकारी दिनुभयो । ठक्कर दिने अटो रिक्सा र त्यसका चालकलाई प्रहरी चौकी गछियाले नियन्त्रणमा लिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News