अध्यक्ष पालो गर्ने पद होईन, कार्यसम्पादन गर्न हो : भरत



उर्लाबारी, साउन २३

मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग वाणिज्य संघको यही भदौ ९ र ११ गते हुने निर्वाचनका लागि घोषित उम्मेद्वारहरु मतदाता रहेका व्यापारीहरुमाँझ भोट माग्ने जाने क्रम तीब्र बनेको छ ।

साझा प्यानल, लोकतान्त्रिक गठबन्धन र स्वतन्त्र उम्मेद्वारहरुले व्यापारी मतदातामाँझ भोट माग्ने क्रम तीब्र पारेका हुन् । बिहान उज्यालो भएदेखि साँझैसम्म उम्मेद्वारहरु मतदाताको पसल–पसलमा र घरघरमा पुगेको देख्न सकिन्छ । निर्वाचनको मिति नजिकएसँगै साझा प्यानलका उम्मेद्वारहरु व्यापारी मतदाताकोमा पुग्दा उत्साहित देखिएका छन् । कार्यसम्पादन क्षमता भएका र बाणिज्य संघको हाक्ने काबिल ब्यक्तिहरु चन्द्रबहादुर भट्टराई (भरत)को समुहमा रहेको भन्दै स्वतन्त्र व्यापारीहरु पनि उत्साहित देखिएका छन् ।

साझा प्यानल बर्तमान अध्यक्ष चन्द्रबहादुर भट्टराई (भरत)को नेतृत्वमा चुनावी अभियानमा होमिएको छ । जसमा बरिष्ठ उपाध्यक्षमा ईन्द्र भट्टराई, उद्योग उपाध्यक्षमा यामलाल रसाईली, बाणिज्य उपाध्यक्षमा शेरबहादुर भण्डारी, महासचिवमा राम थापा, बाणिज्य सचिवमा तारा श्रेष्ठ, उद्योग सचिवमा सम्झना खतिवडा (आचार्य) र कोषाध्यक्षमा सुनिल बोहराको उम्मेद्वारी घोषणा गरिएको छ । यसैगरी सदस्यहरुमा डिल्ली खतिवडा, युगल राई, यज्ञबहादुर बस्नेत, योगेन्द्र निरौला , शंकर थपलिया, लेखा संयोजकमा केदार रिजाल तथा लेखा सदस्यमा बिनिता दाहाल र जंगबहादुर कार्कीले उम्मेद्वारी दिने भएका छन् ।

हालका वर्तमान अध्यक्ष भट्टराईले उर्लाबारी उद्योग बाणिज्य संघको ३ वर्षे कार्यकालमा खेलेको भूमिकाको उर्लाबारीका व्यापारीहरुले प्रशंसा गरेका छन् । भट्टराई भन्छन् : मतदाता व्यापारीहरुकहाँ भोट माग्न जाने क्रममा झनै जिम्मेवारी बोध भएको छ । बिपक्षी गठबन्धनका उम्मेद्वारहरुले भरतले फेरि अध्यक्षमा लड्नु हुँदैन पालो गर्नुपर्छ भनेको सुन्दा अचम्म लागेको बताउँदै उनले भनेका छन् : उर्लाबारी उद्योग बाणिज्य संघको अध्यक्षको पद पालो गरेर बस्ने होईन, यो त व्यापारीहरुको समस्या समाधान गर्दै उर्लाबारीको व्यापार व्यवसायलाई सुरक्षित र प्रबद्धित गर्न हो ।

लामो समयदेखि उर्लाबारीको सामाजिक तथा व्यवसायिक क्षेत्रमा योगदान गरेका ब्यक्तिहरु साझा प्यानलबाट उम्मेद्वार बनेका छन् । साझा प्यानललाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राप्रपाको समर्थन रहेको छ भने अन्य स्वतन्त्र ब्यापारीहरुले पनि सहयोग गर्ने भएका छन् । साझा प्यानलबाट अध्यक्षको उम्मेदवार बनेका भट्टराई आफूहरु वाणिज्य संघलाई साझा संस्थाका रुपमा विकास गर्न अगाडी बढ्ेको बताउँछन् । उर्लाबारी नगरका तमाम उद्यमी,व्यवसायीहरुको सम्बन्धसंग जोडिएको यस संघलाई नयाँ ढंगले रुपान्तरण गर्न पनि साझा प्यानलले काम गरेर देखाउन सक्ने व्यापारीलाई नै उम्मेद्वार बनाएर चुनावी मैदानमा होमिएको बरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार इन्द्रबहादुर भट्टराई बताउँछन् ।

साझा प्यानलका उम्मेद्वारहरुले संघलाई उर्लाबारीको विकाससँग हातेमालो गर्ने , उर्लाबारीको आर्थिक विकासमा टेवा पुर्याउने, व्यापारीहरुलाई कर लगायतका विषयमा प्रशिक्षण दिने, बिभिन्न प्रशिक्षण केन्द्र स्थापनामा जोड दिँदै स्वरोजगार जनशक्ति उत्पादन गर्ने, उर्लाबारीको सुरक्षाका लागि नगरका मंगलबारे, आईतबारे, बरगाछी, दुर्गापुरी, स्कुलडाँडा, लगायतका स्थानमा पनि सीसी क्यामेरा जडान गर्ने, व्यापारी राहत कोष थप बृद्धि गदै लैजाने, चन्दा आतंकलाई नियन्त्रण गरि भयमुक्त व्यवसायीक सुरक्षाको प्रत्याभूति लगायतका एजेण्डा अघि सार्दै आम व्यापारीहरुको मन जितेका छन् ।

वाणिज्य संघ जुन उद्देश्यका साथ स्थापना भएको हो , त्यस अनुसार बिगतका गतिशील हुन नसकेको बताउँदै बर्तमान अध्यक्ष समेत रहेका भट्टराईले आफ्नो कार्यकालमा नेपाल उद्योग बाणिज्य महासंघको सदस्यता प्राप्त गराउन सफल भएको बताए । निश्चय पनि उर्लाबारी उद्योग वाणिज्य संघ दलगत रुपमा चल्न नहुनेमा जोड दिँदै अध्यक्षका उम्मेद्वार भट्टराईले निर्वाचनताका दलगत आस्था राख्ने व्यवसायीहरुको प्यानल निर्माण भएपनि संघभित्र प्रवेश गर्दा हामीले राजनीतिक आस्था बिर्सनुपर्नेमा जोड दिन्छन् । किनकी, संघ सामूहिक र संस्थागत गर्न राजनीति गन्ध सृजना गरिनु हुदैन् । म विश्वास दिलाउन चाहन्छु की भोलि हामी संघको नयाँ नेतृत्वमा आउदा हामीले बोलेका सवै विषयलाई हृदयगंम गरि अघि बढ्ने विश्वास दिलाउन चाहन्छु ,भट्टराईले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News