बिहिवार प्रदेश १ मा सार्वजनिक बिदा



विराटनगर,  साउन २३

प्रदेश नं १ मा भोली विहिबार सार्वजनिक विदा हुने भएको छ । प्रदेश सरकारले विश्व आदिवासी जनजाती दिवसको अवसरमा विदा दिएको हो ।

प्रदेश १ को आन्तरीक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै सार्वजनिक विदा दिएको जनाएको हो । मन्त्रालयले प्रदेशका सवै जिल्ला प्रशासन कार्यलयमा २०७४ चैत २९ गतेको प्रदेश सरकारको निर्णय अनुसार उल्लेखित विदा दिने निर्णय भई सो को सूचना नेपाल राजपत्र खण्ड (१) विराटनगर,नेपाल, चैत्र २९ गते २०७४ (पूर्व अतिरिक्ताङ्क १(अ) मा प्रकाशित भएको समेत जानकारी दिएको छ ।

सूचनामा साउन २४ गते विश्व आदिवासी दिवस, भदौं १० गते आइतबार रक्षाबन्धन, जनैपूर्णिमा, भदौ १८ गते सोमबार राधाकृष्ण रथयात्रामा ( मोरङ र सुनसरी मात्र) र कात्तिक २७ गते मंगलबार छठ पर्वमा सार्वजनिक विदा दिने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News