जनार्दन मैनाली पत्रकारिता पुरस्कार लम्साललाई



मोरङ साउन २४

प्रेस चौतारी मोरङले प्रदान गर्दै आएको जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार यसवर्ष विराटनगरका पत्रकार गणेश लम्साललाई प्रदान गरिने भएको छ ।

चौतारीको आज बेलवारीमा बसेको कार्यसमिति बैठकले प्रत्येक वर्ष एकजना सक्रिय पत्रकारका लागि प्रदान गरिने सो पुरस्कार यो वर्ष लम्साललाई प्रदान गरिने निर्णय भएको उपाध्यक्ष केदार चौहानले जानकारी दिनुभयो ।

पत्रकार लम्साल नयाँ पत्रिका दैनिकमा कार्यरत हुनुहुन्छ । भदौँको पहिलो हप्ता एक कार्यक्रमको आयोजना गरी प्रदान गरिन लागेको सो पुरस्कारको राशी रु १५ हजार रहेको छ । सो पुरस्कार ९ वर्षअघि स्थापना भएको हो ।

यसवर्षको पुरस्कार वितरण कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी समर्थित पत्रकारहरुको संगठन प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त आयोजनामा हुने भएको छ । दुई संगठनबीच एकताको गृहकार्य पनि अन्तिम चरणमा पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News