दोहोरो अङ्कले बढ्यो शेयर बजार



काठमाडौँ, २८ साउन
लगातार घट्दै आएको शेयर बजार आज भने दोहोरो अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १०.४३ विन्दुले उकालो लागेर एक हजार १७४.३७ विन्दुमा पुगेको छ । यस्तै क वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.२४ विन्दुले बढेर २४७.९४ बिन्दुमा पुगेको छ ।

आज कूल १५७ कम्पनीको पाँच लाख ३३ हजार ४९२ कित्ता शेयर रु १६ करोड ९६ लाख ६१ हजार ४३१ मा खरिद बिक्री भएको छ । आज होटल उपसमूहबाहेक अरु सबै उपसमूहको शेयर भने बढेको छ ।
होटल समूह २.५ विन्दुले घट्दा बैंकिङ ७.५४, विकास बैंक १६.२२, जलविद्युत् ३.९८, वित्त २.३६, निर्जीवन बीमा ७५.५५, उत्पादन ४.५७, अन्य ६.९७, माइक्रोफाइनान्स १५.०२ र जीवन बीमा ११०.८५ विन्दुले बढेको छ ।

आज आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News