सन्दिपसहित तीन नेपाली खेलाडी आईसीसीको बरियतामा



काठमाडौँ, साउन २९

पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय प्रतियोगिता खेलेलगत्तै नेपाली खलाडी बरियतामा समावेश भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सोमबार सार्वजनिक गरेको बरियतामा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने, सोमपाल कामी र ज्ञानेन्द्र मल्ल परेका छन् । सन्दीप २१७ औँ स्थानमा छन् भने सोमपाल २२९ औँ तथा ज्ञानेन्द्र २३६ औँ बरियतामा छन् ।

ज्ञानेन्द्र र सोमपालले नेदरल्यान्ड्सविरुद्धको सिरिजमा अर्धशतक प्रहार गरेका थिए । सन्दीपले नेदरल्यान्ड्सविरुद्ध चार विकेट लिएका थिए ।

साउन दोस्रो साता नेदरल्यान्ड्ससँग पहिलो अन्तर्राष्ट्रि एकदिवसीय प्रतियोगिता खेलेपछि नेपाली खेलाडी आइसिसिको बरियतामा समावेश भएका हुन् ।

यसअघि यही साउन २३ गते आइसिसिले सार्वजनिक गरेको टी–२० बरियतामा कप्तान पारस खड्का, शरद भेषवाकर, बसन्त रेग्मी र सोमपाल कामी शीर्ष १०० भित्र परेका थिए । पारश ९०औं स्थान, शरद ९८औँ स्थानमा, वसन्त ७१औँ स्थानमा तथा सोमपाल ९२औँ स्थानमा परेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News