कसिला स्तन चाहनुहुन्छ ? चुरोट छाड्नुहोस्


 


युवती साथीहरु । तपाइँ हाम्रा वक्षस्थल सुन्दर तथा कसिलो होस् भन्ने चाहनुहुन्छ ? अवश्य पनि चाहनुहुन्छ होला । तर तपाइँले यदि धूमपान गर्नुहुन्छ भने तपाइँको यो चाहना पूरा हुनेवाला छैन ।

पछिल्लो अध्ययनले धूमपान गर्ने महिलाका स्तन निकै खुकुला भएर तल झुण्डिने गरेको तथ्य पत्ता लगाएको छ ।अमेरिकाका प्लास्टिक सर्जन एन्थनी युआनले गरेको अध्ययनले धूमपानमा हुने निकोटिन भन्ने पदार्थले महिलाको स्तनमा सोझै असर पूराउँछ ।

निकोटिनले दम, खोकी र मुटुरोग गराउने मात्र होइन तपाइँको स्तनको रक्तसंचारमा समेत बाधा उत्पन्न गराउँछ जसका कारण तपाइँको स्तनले आफ्नो कसिलो स्वरुप गुमाउन पुग्छ र निकै खुकुलो र भद्धा बन्न जान्छ ।

चुरोटमा रहेको निकोटिन र कार्वन मोनोअक्साइडले सरिरका अरु भागमा जस्तै स्तनमा रगत पूराउने नशामा समेत असर पुराउने डाक्टर युआनको भनाइ छ । त्यसैले जसले जवानी जोगाउन चाहन्छ उसले चुरोट छाड्नु अनिवार्य भएको छ ।

प्रकाशित मिति: ७ जेष्ठ २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्