कति छ आज सुनचाँदीको भाउ ?


 


काठमाडौं, भदौ ५
नेपाली बजारमा सुनको मूल्य आज पनि यथावत छ । सुन आज प्रतितोला ५५ हजार आठ सय रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

सुनको मूल्य यथावत रहँदा आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ घटेको छ । चाँदी आज प्रतितोला सात सय २० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो प्रतितोला सात सय २५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ५ भाद्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्