सुनको मूल्य आज ५६ हजार माथि


 


काठमाडौं, भदौ ६
नेपाली बजारमा आज सुनको मूल्य ५६ हजार माथि चढेको छ । आज सुन तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला ५६ हजार एक सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ५५ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य बढेपनि आज चाँदीको मूल्य भने यथावत नै छ । आज पनि चाँदी प्रतितोला सात सय २० रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ६ भाद्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्