आज प्रदेश १, २ र ७ मा सार्वजनिक बिदा



विराटनगर, भदौँ १०

प्रदेश नम्बर १, २ र ७ मा आज सार्वजनिक बिदा दिइएको छ । सम्बन्धित प्रदेश सरकारले रक्षाबन्धनका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।

प्रदेश नंं १ सरकारले यसअघि विश्व आदिबासी दिवस र इदमा पनि यस प्रदेशमा सार्वजनिक बिदा दिएको थियो । प्रदेश २ का सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बिदाबारे सूचना प्रकाशित गरी जानकारी दिनुभयो ।

यसअघि प्रदेश सरकारले बिदा दिए पनि सङ्घीय सरकारको मातहतमा रहेका निकाय तथा अदालतले बिदा दिन अस्वीकार गर्दै आएका थिए । प्रदेश नम्बर ७ सरकारले पनि आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश ७ ले सूचना टाँस गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News