स्थानीय साझेदारीमा कालोपत्रे सडक



मोरङ, भदौँ १०

स्थानीय उपभोक्ताको साझेदारीमा निर्माण सम्पन्न कालोपत्रे सडक सञ्चालनमा ल्याइएको छ । मोरङ जिल्लाको उत्तरी क्षेत्रको लेटाङ नगरपालिका र स्थानीय उपभोक्ताको साझेदारीमा निर्माण सम्पन्न गरिएको उक्त सडकको नगर प्रमुख शङ्कर राईले उद्घाटन गर्नुभयो ।

लेटाङ नगरपािलकाले उपलब्ध गरेको रु ७७ लाख तथा स्थानीय उपभोक्ताद्वारा सङ्कलन गरिएको रु २५ लाख ६१ हजार ५८५ सहित कूल रु ९९ लाख ६१ हजार ५८५ को लागतमा निर्मित ७८० मिटर पक्की कालोपत्र सडक शनिबारदेखि सञ्चालनमा समेत ल्याइएको छ ।

उक्त अवसरमा लेटाङ नगरपालिकाका प्रमुख शङ्कर राईले पहिलो वर्षमा नै सानो बजेटले यति धेरै उपभोक्ताको हितका पक्षमा सडक कालोपत्रे गर्न सकिएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले आफ्नो कार्यकालभरि विकासप्रति समर्पित हुने प्रतिवद्धता व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News