अध्यक्षमा खड्गी निर्वाचित, कार्यसमितिमा साझा प्यानलको बहुमत



उर्लाबारी,  भदौ १२

उर्लाबारी उद्योग वाणिज्य संघको अध्यक्षमा नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनका प्रितम खड्गी निर्वाचित हुनु भएको छ । सोमबार भएको निर्वाचनको मंगलबार साँझ अन्तिम परिणाम सार्वजनिक भएको हो ।

निवर्तमान अध्यक्ष नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको साझा प्यानलका चन्द्रबहादुर भट्टराईलाई ६७ मतले पराजित गर्दै खड्गी आगामी तिन वर्षका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो । खड्गीले ८४४ मत प्राप्त गर्नु भयो भने भट्टराईले ७७७ मत प्राप्त गर्नुभएको थियो । अध्यक्षमा पदमा अर्का स्वतन्त्र उम्मेद्वार धर्मराज शाक्यले ३३ मत ल्याउनुभयो । यस्तै बरिष्ठ उपाध्यक्षमा लोकतान्त्रिक गठबन्धनका बिनोद न्यौपाने विजयी हुनु भएको छ ।

न्यौपानेले साझा प्यानलका इन्द्रबहादुर भट्टराईलाई ९३ मतले पराजित गर्नु भएको हो । न्यौपानेले ७७७ मत प्राप्त गर्नुभयो भने भट्टराईले ६८४ मत प्राप्त गर्नुभयो । यसैगरी उद्योग उपाध्यक्षमा साझा प्यानलका यामलाल रसाइली विजयी हुनु भयो । रसाइलीले ८८० मत पाउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका अरुण अग्रवालले ६९४ मत पाउनुभयो ।

वाणिज्य उपाध्यक्षमा लोकतान्त्रिक गठबन्धनकी संगिता अधिकारीलाई पराजित गर्दै साझा प्यानलका शेरबहादुर भण्डारी विजयी हुनुभयो । भण्डारीले ८७० मत र अधिकारीले ७३१ मत प्राप्त गर्नुभयो । महासचिवमा साझा प्यानलका रामबहादुर थापा ८३७ मत प्राप्त गर्दै विजयी हुँदा लोकतान्त्रिक गठबन्धनका हेमराज गुरुङ ७८७ मत पाउँदै पराजित हुनुभयो । उद्योग सचिवमा ८२७ प्राप्त गर्दै साझा प्यानलकी सम्झना खतिवडा विजयी हुनुभयो । उहाँले लोकतान्त्रिक गठबन्धनका प्रदीप खनाललाई पराजित गर्नुभयो । खनालले ७६९ मत प्राप्त गर्नुभयो ।

वाणिज्य सचिवमा लोकतान्त्रिक गठबन्धनका नेत्र आपागाई विजयी हुनुभयो । आपागाईले ८६९ मत ल्याउँदा साझा प्यानलका तारा श्रेष्ठले ७२७ मत प्राप्त गर्नुभयो । यस्तै कोषाध्यक्षमा साझा प्यानलका सुनील बोहोरा निर्वाचित हुनु भएको छ । बोहोराले ८३२ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धननका सानु सुवेदीले ७३७ मत प्राप्त गर्नुभयो ।

यस्तै सदस्यहरूमा डिल्लीराम खतिवडा९८७०० कृष्णराज गिरी ९७४५०, निर्मला चौहान ९७६२०, यज्ञबहादुर कार्की ९६७३० र योगेन्द्र निरौलाले ६९० मत प्राप्त गरी निर्वाचित हुनु भएको छ । खतिवडा, कार्की र निरौला साझा प्यानलका हुन् भने गिरी र चौहान लोकतान्त्रिक गठबन्धका हुन् ।

संघको लेखा समिति संयोजकमा साझा प्यानलका केदार रिजाल ८३० मत प्राप्त गरी विजयी हुनुभयो । रिजालका प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका दोर्ण अधिकारीले ६५१ मत प्राप्त गर्नुभयो । लेखा सदस्यमा साझा प्यानलका जंगबहादुर कार्की र विनिता दाहालले क्रमश स् ७१३ मत र ८२६ मत प्राप्त गर्दै विजयी हुनुभयो । कुल एक हजार ८ सय ७६ मतदाता रहेको उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचनमा १ हजार ७ सय ४३ जनाले मतदान गरेका थिए । संघको नेतृत्वका लागि लोकतान्त्रिक गठबन्धन र साझा प्यानलका दुई गठबन्धन प्रतिस्पर्धामा थिए । लोकतान्त्रिक गठबन्धनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष ,वाणिज्य सचिव र दुई सदस्य पदमा जित हासिल गरेको छ भने बाँकी सबै पदमा साझा प्यानलले जित हात पारेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News