शान्ति पत्रकारिता पुरस्कार गुरुङलाई



पोखरा, भदौ १३

नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गर्दै आएको शान्ति पत्रकारिता पुरस्कार पत्रकार राजबहादुर गुरुङलाई प्रदान गरिने भएको छ ।

नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलको संयोजकत्वमा पुरस्कार प्रदानका लागि गठित छनोट समितिले गुरुङलाई सर्वसम्मत चयन गरेको हो ।

पूर्णप्रसाद बराल, मायादेवी बराल प्रतिष्ठानद्वारा स्थापित गण्डकी प्रदेशस्तरीय २५ हजार ५५५ नगद, सम्मानपत्र प्रदान गरिने उक्त पुरस्कार यही भदौ २२ गते प्रदान गरिने नेपाल प्रेस युनियन कास्कीले जनाएको छ ।

विभिन्न सङ्घ संस्थामा आवद्ध गुरुङ युनाइटेड खबर डटकम तथा युनाइटेड दैनिकका प्रधान सम्पादक हुनुहुन्छ । पत्रकारितामा स्नातक गरेका गुरुङले २०५१ सालदेखि स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यममा कार्य गर्दै आउनुभएको छ ।

गुरुङ नेपाल पत्रकार महासंघद्वारा सन्चालित गजेन्द्र भण्डारी पत्रकारिता पुरस्कार, तमु (गुरुङ ) संचारकर्मी संघ नेपाल द्वारा सन्चालित “तमु पत्रकारिता पुरस्कार, तमु संस्कृतिक प्रतिष्ठान द्वारा सञ्चालित पार्बता पत्रकारिता पुरस्कार तथा दर्जनौं संघ,संस्था बाट सम्मानित भइसक्नुभएको छ।

 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News