नेपालसामू सिंगापुर चार विकेटले पराजित, फाइनलको आशा कायमै


 


काठमाडौं, भदौ १७
मलेसियाको युकेएम ओभल मैदानमा जारी एशिया कप छनोट अन्तर्गत नेपालले सिंगापुरलईइ चार विकेटले पराजित गरेको छ ।

सिंगापुरले दिएको एक सय ५२ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रेको नेपालले २८ आभर एक बलमै लक्ष्य भेटायो । टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर ४२ ओभरमा सबै विकेट गुमाउँदै एक सय ५१ रन बनायो ।

सिंगापुरमाथि नेपाली बलर हाबी भएपछि तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । पहिलो ओभरमा नै सोमपाल कामीले विकेट लिदा सिंगापुरले खाता खोलेको थिएन ।

१८ रन बनाउदा तीन विकेट गुमाएको सिंगापुरका लागि चेतन रामचन्द्र र अनिश इडवार्डले ८० रनको साझेजारी गर्दै टिमलाई सम्हाल्ने प्रयास गरेपनि सफल हुन सकेनन् ।

उसका कप्तान चेतन ६० रनमा आउट भए त्यसपछि सिंगापुरको पारी पुरै खस्कियो । बलिङतर्फ ललित राजवंशी र सन्दिप लामिछाने तीन तीन तथा सोमपाल कामीले दुई विकेट लिए ।

जवाफमा नेपालले बलियो सुरुवात गर्दै पहिलो विकेटका लागि ५६ रनको साझेदारी गरेको थियो । तर ७३ रन बनाउदा नेपाललले तीन विकेट गुमाउन पुग्यो ।

अनिलकुमार शा ४३ रनमा आउट भए भने सुवास खकुरेल १४ र कप्तान पारस खड्का ११ रनमा पेभेलियन फर्किए ।

चौथो विकेटका लागि ज्ञानेन्द्र मल्ल र दिपेन्द्रसिंह ऐरी विच ४७ रनको साझेदारी गरे । तर ज्ञानेन्द्र २९ रनमा आउट हुदा नेपाललले एक सय १९ रन बनाएको छ ।

सामान्य लक्ष्य पक्ष्याएको नेपालले एक सय ४८ रन बनाउदा ६ विकेट खेर फाल्यो । सागर पुनले १४ रन बनाउदा दिपेन्द्र ऐरीले ३३ रन जोडे ।

प्रकाशित मिति: १७ भाद्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्