साफ च्याम्पियनसिपमा भुटानलाई हराउनैपर्ने दबाबमा नेपाल



काठमाण्डौँ, भदौँ २१

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज भुटानसँग खेल्दैछ । बंगलादेशमा जारी प्रतियोगिताको सेमिफाइनलमा प्रवेशका लागि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ ।

खेल नेपाली समयअनुसार दिउँसो पौने ४ वजे ढाकाको बंगबन्धु रंगशालामा हुनेछ । नेपाली फुटबल टोली अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनलमा पुग्न सकेको छैन ।

यसअघिका प्रतियोगितामा नेपाल चार पटक सेमिफाइनलमा पुगेको छ ।मंगलबार सुरु भएको जारी संस्करणको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २–१ ले पराजित भएको थियो । प्रतियोगितामा नेपालसहित बंगलादेश, पाकिस्तान र भुटान समूह ‘ए’मा छन् । त्यस्तै भारत, माल्दिभ्स र श्रीलंका समूह ‘बी’ मा छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News