निर्मला हत्या प्रकरणमा ओली सरकारको अर्काे बोल्ड निर्णय, अब बाहिर आउनेछ सत्यतथ्य


 


काठमाडौँ, असोज २

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मता पन्तका हत्यारा पत्ता लगाउन सरकारले महिला प्रहरी उपरीक्षक (एसपी)को कमाण्डमा नयाँ समिति गठन गरी खटाएको छ।

गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानका लागि एसपी दुर्गा सिंहको नेतृत्वमा महिला प्रहरीको टोली पनि खटाएको हो। पीडित, स्थानीय महिलाअधिकारकर्मी तथा अन्यसँग समन्वय गरी अनुसन्धानलाई प्रभावकारी बनाउका लागि सिंहको नेतृत्वमा टोली खटाएको प्रहरी स्रोतले जनायो।

महिला तथा बालिकासँग सम्बन्धित घटना भएकाले अनुसन्धानलाई प्रभावकारी बनाउन महिला प्रहरीको छुट्टै टोली पनि पठाइएको स्रोतको भनाई छ। महिला प्रहरीको टोलीले घटनाको सत्यतथ्य चाँडै बाहिर ल्याउने विश्वास गरिएको छ।

प्रकाशित मिति: २ आश्विन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्