यी हुन् सचिवका लागि सिफारिस १४ सहसचिव


 


काठमाडौं, असोज २०

रिक्त नौ सचिव पदका लागि योग्यता र वरिष्ठताका आधारमा १४ जना सहसचिवको नाम सिफारिस गरिएको छ । लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले उनीहरुको नाम सिफारिस गरेको हो ।

सामान्य प्रशासन समुहतर्फ रिक्त चार सचिव पदमा नौ जना सहसचिवको नाम सिफारिस गरिएको छ । यी चार पदमध्ये २० प्रतिशत अर्थात एक जना वरिष्ठताका आधारमा बढुवा गर्नु पर्ने कानुनी व्यवस्था छ ।

यो कोटामा सबैभन्दा वरिष्ठ केदारबहादुर अधिकारी सिफरिस भएका छन् । उनी सचिव बन्ने निश्चित छ । बाँंकी तीन पदका लागि राजेन्द्र नेपाल, चन्द्र घिमिरे, महेश दाहाल, शंकर कोइराला, शशिशेखर श्रेष्ठ, महेन्द्र गुरुङ, मोहनकृष्ण सापकोटा, मुकुन्द घिमिरे र लोकप्रसाद आचार्य सिफारिस भएका छन् ।

त्यसैगरी परराष्ट्र सेवाको परराष्ट्र सचिव पदका लागि बर्तमान कामु सचिव शंकरदास बैरागी, खगनाथ अधिकारी र भरत पौडेल सिफारिस भएका छन् । कानुन समुहतर्फको एक सचिव पदका लागि योग्यता पुगेका वरिष्ठ सहसचिव टेकप्रसाद ढुंगानाको नाम सिफारिस भएको छ ।

प्रकाशित मिति: २० आश्विन २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्