तल्लो मोदीले दशैंअघि उत्पादन सुरु गर्ने


 


कुश्मा, असोज ७
पर्वतमा निर्माणाधिन तल्लो मोदी जलविद्युत् आयोजनाले दशैँअघि उत्पादन शुरु गर्ने भएको छ । २० मेगावाट क्षमताको सो आयोजनाले गत वर्षकै असारमा उत्पादन गर्ने भनिएको थियो ।

आयोजनाले ६० महिनामा उत्पादन शुरु गर्ने लक्ष्य लिएर २०६९ साउनमा काम थालेको थियो । स्थानीयवासीको अवरोध र प्राकृतिक प्रकोपलगायतका कारणले निर्माणमा ढिलाइ भएको र तोकिएको मितिमा निर्माण हुन नसकेको आयोजनाको भनाई छ ।

अहिले काम तीव्र गतिमा भइरहेको र दशैँ अगाडि नै उत्पाद सुरु गर्ने दाबी गरिएको छ ।

तीन अर्ब ६० करोडको लागत स्टिमेटमा निर्माण शुरु भएको आयोजनाले निर्धारित समयमा उत्पादन दिन नसकेपछि लागत बढदै गएको छ ।

प्रकाशित मिति: ७ आश्विन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्