भारतमा आठ नेपालीको मृत्यु


 


नेपालगञ्ज, असोज २०

धार्मिक कार्यका लागि भारतको  बिहार पुगेका नेपाली सवार बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् ।

घाइते मध्ये १० जनाको अवस्था गम्भीर रहेको छ । सोह्र श्राद्ध गर्न गएकाहरु मंगलबार राती  बनारसको मोतियाना थाना नजिकै बस दुर्घटनामा परेका हुन् ।

ज्यान गुमाउनेमा बाँकेको उढरापुर गाविस रझेनाका ४ जना, सोनपुरको सोनबर्षका २ जना र सितापुरका एकजना गरी आठ जना रहेका सितापुरका कर्णबहादुर खत्रीले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरिक्षक भरतसिंह राठौरका अनुसार दुर्घटनामा परी सितापुरका भद्रबहादुर वली, उढरापुर २ रझनवाका  छोटे कुर्मी र उहाँकी बहिनी, हरिराम जरबटकी आमा र छोरीको निधन भएको छ ।

प्रहरीका अनुसार सोनपुरको सोनबर्षका तमौली थरका पति पत्नीको  दुर्घटनामा परी निधन भएको छ । खत्रीका अनुसार दुर्घटना भएको बसमा सवार सितापुरका नरबहादुर महताराले घटनाबारे टेलिफोन गरी जानकारी गराएका थिए। असोज ८ गते बिहार प्रस्थान गरेको बससहितका यात्री असोज २४ गते घर फर्कने योजना थियो ।

प्रकाशित मिति: २० आश्विन २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्