उडेरै अायो हवाई इन्धन


 


काठमाडौं, असोज २१

नेपाल वायुसेवा निगमले  हवाई इन्धन ल्याएको छ ।  कोलकाताबाट दुई वटा चार्टर फ्लाइट गरेर ६६ हजार टन हवाई  इन्धन ल्याएको निगमले जनाएको छ ।

दसैंमा यात्रुहरुलाई समस्या नपरोस भन्ने हेतुले हवाइ इन्धन ल्याएको निगमले जनाएको छ । कोलकाताबाट इन्धन ल्याउदाँ सहज र सस्तो परेको निगमले जनाएको छ ।

कोलकत्ताबाट  जहाजमा ४५ मिनेटमा काठमाडौं आउन सकिन्छ ।

 

प्रकाशित मिति: २१ आश्विन २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्