Deshko News
१६ मंसिर २०८०, शनिबार

धनगढीका मेयरले दिए प्रदेश सांसदलाई गम्भीर चुनौति, भने, ‘बरु कारबाही भोग्छु’


 


धनगढी, असोज १२
धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले आफूबिरुद्ध कार्वाही गर्न माग गर्दै प्रशासनलाई गुहार्ने प्रदेश सांसदलाई संविधान जलाउने र देश टुक्राउछु भन्ने व्यक्तिलाई कार्वाही गरेर देखाउन चुनौति दिएका छन् ।

प्रदेश राजधानी धनगढीबाट सारेर गोदावरीमा लिने प्रस्तावविरुद्ध गरिएको प्रदर्शनका क्रममा मेयर वडले राजधानी सारेको २४ घण्टाभित्र धनगढी छोड्नुपर्ने र उनीहरु बस्ने ठाउँ जलाउने अभिव्यक्ति दिएका थिए ।

उनको अभिव्यक्ति विरुद्ध विहीबार सत्ता पक्षका तर्फबाट २१ जना सांसदले कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । यद्यपि, मेयरले विहीबार नै विज्ञप्ति जारी गर्दै आफूले आवेशमा गलत बोलेको भन्दै माफीसमेत मागिसकेका छन् ।

सांसदहरुले आफूविरुद्ध कार्वाहीका लागि उजुरी दिएपछि प्रतिकृया दिदै नगरप्रमुख वडले नगरवासीको अधिकारका लागि कार्वाही सहन पनि तयार रहेको बताएका छन् ।

उनले संविधान दिवशको दिन संविधान जलाउने र मधेस नेपाल होइन भनेर देश टुक्र्याउछु भन्नेलाई पक्राउ गर्न नसक्ने सरकार आफूबिरुद्ध खनिएको उनको भनाई छ ।

उनले नगरप्रमुख बिरुद्ध प्रदेश सांसदले मुद्दा हाल्यो भन्दैमा आन्दोलनलाई कमजोर हुन नदिन नगरवासीसंग अनुरोध पनि गरेका छन् । उनले ‘कम्यूनिष्ट सरकारबिरुद्ध बोल्न र हाँस्न पाउदैन भनेको सही भएको बताए ।

उनले वनमाफिया र भू–माफियासंग मिलेर गोदावरीमा राजधानी राख्ने प्रस्ताव ल्याइएको आरोपसमेत लगाएका छन् । उनले नेताहरुबाहेक सम्बन्धित क्षेत्रका जनतासंग राजधानी र नामका विषयमा सुझावसमेत नलिएको भन्दै समितिको आलोचनासमेत गरे ।

साथै उनले निर्मला पन्तको हत्या अनुसन्धानलाई छायाँमा पार्नका लागि प्रदेश नं ७ का सांसदहरुले दशैको मुखमा स्थायी राजधानी र नामाङ्कनको प्रस्ताव संसदमा पेश गरेकोसमेत आरोप लगाएका छन् ।

प्रकाशित मिति: १२ आश्विन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्