नेपाल राष्ट्रिय शिक्षक संगठन भोजपुरको परिषद बैठक सुरु


 


teacherभोजपुर, असोज २२

नेपाल राष्ट्रिय शिक्षक संगठन भोजपुरको १८ औं जिल्ला परिषद बैठक सुरु भएको छ । शुक्रबारबाट सुरु भएको बैठक शनिबार सकिदैछ । बैठकको संगठनका केन्द्रिय सदस्य यदु सुवालले उद्घाटना गरेकी थिईन् ।

बैठकका जिल्लाभरका संगठनमा आबद्ध शिक्षकहरुको उपस्थिति रहेको छ । बैठकमा शिक्षकहरुलाई आजीवन सदस्यता वितरण, सम्मान तथा कदर पत्र प्रदान गरिएको थियो ।

बैठकमा प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, जिल्ला शिक्षा अधिकारी, राजनीतिक दलका प्रतिनिधि, शिक्षक र कर्मचारी संगठनका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति: २२ आश्विन २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्