जनता अाहत, खुमबहादुरलाई ३५ लाख !


 


काठमाडौं, असोज २२

सरकारको आयु सकिनै लाग्दा शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले विवादास्पद पूर्वमन्त्री खुमबहादुर खड्कालाई ३५ लाख रुपैयाँ दिने निर्णय गरेको छ। कानुनमन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषदले यस्तो निर्णय गरेको हो।

khumbahadurद्वन्द्वकालमा भएको घर क्षतिपूर्तिको नाम दिएर २० लाख र उपचार खर्चबापत १५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय कांग्रेस नेतृत्वको सरकारले गरेको हो । दाङ स्थित उनको घर माओवादीले क्षति पुर्याएका थिए तर घर भत्किएबापत खड्काले यसअघि पनि क्षतिपूर्ति लिएका थिए। 

कुनै बेला शक्तिशाली मन्त्रीको रुपमा रहेका खड्का सर्वोच्च अदालतबाट भ्रस्ट्रचारमा दोषी ठहर भएका व्यक्ति हुन्। भ्रस्ट्राचारमा दोषी ठहरिएपछि उनले डेढ वर्ष जेल सजाय समेत भोगेका थिए।

भ्रस्ट्राचार दोषी ठहर भएका विवादास्पद खड्कालाई सरकारले पैसा दिनु नहुने तर्क एमाले मन्त्रीहरुले राखेका थिए। प्रधानमन्त्री सुशील कोइरालाले समर्थन जनाएपछि अन्य मन्त्रीले रोक्न नसकेको स्रोतले बतायो।

प्रकाशित मिति: २२ आश्विन २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्