यसरी बन्दैछन् केपी अोली प्रधानमन्त्री, यी हुन् एमालेलाई समर्थन गर्ने दल


 


kp oliकाठमाडौं, असोज २२

कांग्रेसको समर्थन विनै आइतबार केपी ओली प्रधानमन्त्री बन्ने सम्भावना बढेको छ । निर्णायक मानिएका एमाओवादी र राप्रपा नेपालले समेत समर्थनको आवश्वासन दिएपछि ओलीका लागि स्थिति अनुकुल बनेको हो ।

कांग्रेससहितकै समर्थनमा सरकार बनाउने ओलीको प्रयास जारी छ । यद्यपि कांग्रेस भित्र पनि उम्मेदवारी दिनुपर्ने माग प्रबल भएकाले ओलीले आफ्नो बहुमत जुटाउने कसरत तीव्र पारेका छन् ।

उनले शुक्रबार संसदमा प्रतिनिधित्व गर्ने १५ वटा साना दलसँग संयुक्त छलफल गरे । त्यहाँ उपस्थित दलहरुले समर्थन गर्ने आवश्वासन दिएका छन् । एमाओवादी र राप्रापा नेपालसँग छुट्टै छलफल गरे ।

एमाओवादीले विगतको ‘भद्र सहमति’ कार्यान्वयन गर्ने आवश्वासन ओलीलाई दिएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि तीन दलबीचको सहमति तोडिए ओलीको पक्षमा समर्थन गर्ने आवश्वासन दिएका छन् ।

शुक्रबार रातिसम्म  ओलीले पाएको आवश्वासनको हिसाब गर्ने हो भने ओलीको पक्षमा मत ३ सय २९ देखिएको छ । ग्रेसले उम्मेदवारी दिएको अवस्थामा भने ओलीको पक्षमा उभिने दलहरुले आफ्नो आश्वासन बदल्न सक्ने संभावना यथावत् छ ।

कांग्रेस बिनै ओलीको पक्षमा शुक्रबारसम्म सकारात्मक मत
एमाले १८३
एमाओवादी ८३ (बाबुराम भट्राईले छोडेपछि)
राप्रपा नेपाल  २५
राप्रपा १२
माले  ५
नेमकिपा ४
राष्ट्रिय जनमोर्चा ३
नेकपा संयुक्त ३
राष्ट्रिय जनमुक्ति २
परिवार दल २
बहुजन शक्ति पार्टी १
अखण्ड नेपाल १
खुम्बुवान राष्ट्रिय मोर्चा १
नेपा: राष्ट्रिय पार्टी १
जनजागरण नेपाल पार्टी १
समाजवादी जनता पार्टी १
मधेस समता पार्टी १
जम्मा ३२९

प्रकाशित मिति: २२ आश्विन २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्