५६ स्थानमा उप निर्वाचन गर्नु पर्ने आयोगद्धारा जानकारी


 


काठमाण्डाै ।निर्वाचन आयोगले स्थानीय तहमा ५६ जना जनप्रतिनिधिको लागि पुनः निर्वाचन गर्नु पर्ने विवरण राज्य व्यवस्था समितीलाई जानकारी गराएको छ ।

आयोगले देशभरका विभिन्न स्थानीय तहमा ५६ जना जनप्रतिनिधिको पद रिक्त भएको उल्लेख छ । निर्वाचन आयोगले हालसम्म ११ जिल्लाका विभिन्न स्थानीय तहमा ५६ जना जनप्रतिनिधिहरुको निर्वाचन गराउनु पर्ने जनाएको हो ।

रिक्त पद मध्ये एकजना मेयर, ९ जना वडाध्यक्ष, एकजना कार्यपालिका सदस्य र बाँकी अन्य पद रहेको आयोगले जानकारी दिएको छ ।आयोगका अनुसार धरान उपमहानगरपालिकामा मेयर पद रिक्त छ । मेयर तारा सुब्बाको मृत्यु भएपछि उक्त पद रिक्त छ।

आयोगको तथ्यांक अनुसार धरान उपमहानगरपालिका वडा नं. ७, सिरहाको कल्याणपुर नगरपालिका १२, महोत्तरीको बलवा नगरपालका २ र रामेछापको उमाकुण्ड गाउँपालिका ५ का वडाध्यक्षको निधन भएको छ ।

आयोगले समितीमा खाली स्थानीय तहको जनप्रतिनिधको सबै विवरणपनि बुझाएको छ । निर्वाचन सम्बन्धि कानुनमा स्थानीय तह प्रमुख, उपप्रमुख र वडाध्यक्षको मृत्यु भएमा वा कुनै कारणले रिक्त भएमा पुनः निर्वाचन गर्नुपर्ने प्रावधान रहेको छ ।

अन्य वडासदस्यहरूको बारेमा भने निर्वाचन हुने उल्लेख छैन ।जनप्रनिधिको कार्यकाल एक बर्ष भन्दा बढी रहेको अबस्थामा उप निर्वाचन गर्न सकिने ब्यबस्था रहेको छ ।

प्रकाशित मिति: १७ आश्विन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्