कोइराला प्रधानमन्त्रीको उम्मेदवार बन्नुको रहस्य यस्तो छ


 


काठमाडौं, असोज २४

koirala sushilनेपाली कांग्रेसका सभापति रहेका प्रधानमन्त्री सुशील कोइरालालाई नेपालका लागि भारतीय राजदूत रञ्जित रेले शुक्रबार राति भेटेका थिए ।तीन दिनसम्म चलेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्रीको पार्टी टुंगो लगाउन नसकेका बेला राजदूत रे प्रधानमन्त्री निवास बालुवाटार पुगेरै कोइरालालाई प्रधानमन्त्रीमा पुनः अघि सर्न आग्रह गरेको स्रोतको दाबी छ ।

त्यसअघि सभापति कोइराला उपसभापति रामचन्द्र पौडेललाई अघि सार्ने पक्षमा रहेको निकट नेताहरुले जानकारी दिएका थिए । ‘भारतीय राजदूत उहाँ -प्रधानमन्त्री)लाई भेट्न राति आउनुभएको थियो,’ निकट स्रोतले भन्यो, ‘पार्टीबाट तीनमध्येको उम्मेद्वार हुने टुंगो नलागेका बेला आफैं अघि सर्ने निष्कर्षमा पुग्नुभएछ ।’

प्रकाशित मिति: २४ आश्विन २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्