अाखिर को हुन् केपी अोली ?


 


काठमाडौं, असोज २४

kpसामान्य किसान परिवारमा जन्मिएका केपी शर्मा अाेली नेपालकाे ३८ अाैं प्रधानमन्त्री भएका छन्। २०२३ सालमा मार्क्सवादी अध्ययन दलमा संगठित भइ प्रशिक्षण प्राप्त उनी ०२७ सालको चर्चित झापाकाे ‘टाउकाे काट’ विद्रोहका अगुवा समेत हुन्।

सामन्तको टाउको काट्ने भनेर चर्चित बनेको झापा आन्दोलनपछि उनी राष्ट्रिय राजनीतितर्फ साेझिएका थिए। तत्कालीन नेपाल कम्युनिस्टले हतियारबद्ध संघर्ष सुरु गर्दा ओली संघर्षका मुख्य कमाण्डर थिए।

विद्यार्थी राजनीति
०२५ सालबाट तत्कालीन नेपाल कम्युनिष्ट पार्टीसम्बद्ध विद्यार्थी फाँटको फ्रयाक्सन कमिटीमा आबद्ध भएर उनले काम गरेका थिए। ०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका उनी पार्टी सदस्यता प्राप्त गरेसँगै नेपाल कम्युनिष्ट पार्टीको उप–सचिवको जिम्मेवारीमा पुगेका थिए।

०२७ वैशाखमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी र पूर्वकोशी प्रान्तीय कमिटीसँग एकीकरण भयो। एकीकरण भएको एकवर्षमा नै ०२८ सालमा पूर्वकोशी प्रान्तीय कमिटीबाट नेपाल कम्युनिष्ट पार्टी अलग भयो। ०२९ सालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी झापा आन्लोलन कमिटीको प्रमुखका रुपमा ओलीले जिम्मेवारी वहन गरेका थिए।

अहिले नेकपा एमालेका अध्यक्ष रहेका उनको राजनीतिक अनुभवका पछाडि यी सबै संघर्षहरूको योगदान रहेको छ।

७१ देखि एमाले अध्यक्ष
०७१ असार १९–२५मा सम्पन्न भएको नवौं राष्ट्रिय महाधिवेशनमा ओली अध्यक्षमा निर्वाचित भएका थिए। माधवकुमार नेपाललाइ पराजित गरेर उनी अध्यक्ष पदमा पुगेका हुन्। यसअघि उनी ०७० माघ २१ मा सम्पन्न संसदीय दलको निर्वाचनमा संसदीय दलको नेता चुनिएका थिए।

वि.सं. २००८ फागुन ११ गते शनिबार तेह्रथुमको इवा–२ मा जन्मिएका ओलीलेको जन्म भएको हो। तेह्रथुममा जन्मिएका नेता ओलीको बाल्यकाल झापाको सुरुंगा गाविसस्थित कन्काइ नदीको किनारमा वितेका थियो।

अरूकै घरमा काम गर्दै पढे
जन्मेको डेढ वर्षमा आमा गुमाएका ओली सानो हुँदै कन्काइमा आएको बाढीले घर र जमिन सबै बगाएपछि ओलीको परिवार सुकुम्बासीमा परिणत भएको थियो। सानैमा आमा र घर जमीन गुमाएका ओलीलई हुर्काउने काम हजुरआमाले गरिन्। ओली पछि झापा आन्दोलनका सहिद रामनाथ दाहालका घरमा काम गर्दै पढ्न थाले।

१४ वर्ष विते जेलमा
आन्दोलनको क्रममा उनले १४ बर्ष जेल जीवन विताएका छन्। ०३० सालमा जेल परेका ओली ०४४ असार मा भद्रगोल जेलबाट रिहा भएका थिए। जेलबाट छुटेपछि ०४४ पुस २ गते धादिङको स्यादुलमा बसेको तत्कालीन नेकपा ९माले० को बैठकले उनलाई केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी दिएको थियो। २०४६ सालको जनआन्दोलनमा ओलीले संयुक्त बाममोर्चाका तर्फबाट लुम्बिनी अञ्चलको मोर्चा सम्हालेका थिए तर जनआन्दोलन ०६२र०६३ मा उनको भूमिका त्यति सकारात्मक मानिदैँन।

राधिका शाक्यसँग विवाह गरेका ओलीका आफ्नै सन्तान छैनन्। दोस्रो संविधानसभा निर्वाचनमा झापा क्षेत्र नम्बर–७ बाट संविधान सभा सदस्यमा निर्वाचित भएका थिए। विश्वविद्यालयमा औपचारिक अध्यान नगरेका ओली अंग्रेजी, हिन्दी भाषामा दक्खल राख्छन्। नागरिकन्यूजबाट

प्रकाशित मिति: २४ आश्विन २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्