को-को हुँदैछन् एमालेबाट मन्त्री ?


 


kp sharma oliकाठमाडौं, असोज २५

नेकपा एमालेको तर्फबाट आज पहिलो चरणमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग उपमहासचिव बिष्णु पौडेलले मन्त्री पदको सपथग्रहण गर्ने भएका छन् । पौडेलले अर्थ मन्त्रालय सम्हाल्ने भएका छन् ।

स्रोतका अनुसार एमालेबाट आजै भीम रावल, शत्रुघन महतोको पनि सपथग्रहण गराउने तयारी थियो । तर बरिष्ठ नेता नेपालले रावलको साटो सोमप्रसाद पाण्डेलाई मन्त्री बनाउन दबाव दिएको एक नेताले बताए ।

बरिष्ठ नेता झलनाथ खनालले राजेन्द्र पाण्डेलाई मन्त्री बनाउन अध्यक्ष ओलीलाई दबाव दिएका छन् । खनालको कोटाबाट सायद पाण्डे मन्त्री हुनेछन् ।

मन्त्रीका लागि एमालेमा अष्टलक्ष्मी शाक्य, सत्यनारायण मण्डल, शेरधन राई, रविन्द्र अधिकरी, शेरबहादुर तामाङ, डम्बर तुम्बाहम्फे, दीपक कार्की, आनन्द पोखरेललगायतको नाममाथि छलफल चलिरहेको छ ।

मापदण्ड बनाएर अनुभवी थोरै र नयाँ धेरैलाई अवसर दिनुपर्ने बारेमा कुरा भइरहेको एक नेताले बताए । दुई पटक लगातार चुनाव जितेर अवसर नपाएका सांसदलाई मन्त्री बनाउने मापदण्ड पनि अघि सारिएको छ ।

त्यस्तै नयाँबाट मञ्जु चौधरी, यज्ञराज सुनुवार, दामोदर भण्डारी, जनार्दन ढकाल, रामेश्वर फुयाल, प्रेमबहादुर आले मध्येबाट राज्यमन्त्रीमा अवसर पाउन सक्ने ती नेताले बताए ।

प्रकाशित मिति: २५ आश्विन २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्