अमेरिकामा गोली चल्दा ११ जनाको मृत्यु


 


एजेन्सी, कात्तिक ११

अमेरिकाको पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग इलाकामा एक बन्दुकधारीले गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ । ती बन्दुकधारी अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् ।

ती बन्धुकधारीको परिचय भने खुलाइएको छैन, यद्यपी अमेरिकी सञ्चार माध्यमहरुले ती बन्धुकधारी ४६ वर्षीय रोबर्ट बोवर्स रहेको उल्लेख गरेका छन् ।

यो घटना स्थानीय समयअनुसार शनिबार बिहान १० बजे भएको प्रहरीले जनाएको छ । ट्री अफ लाइफको आधिकारीक वेबसाइटका अनुसार जतिबेला हमला भएको थियो त्यतिबेला त्यहाँ प्रार्थना चलिरहेको थियो ।

प्रकाशित मिति: ११ कार्तिक २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्