नाम र केन्द्र सहमतिमा छिट्टै टुङ्गो लाग्छ : मन्त्री घिमिरे



संखुवासभा, कात्तिक १६

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले हिउँदे अधिवेशनले प्रदेशको नाम र केन्द्रको टुङ्गो लगाउने बताउनुभएको छ ।सङ्खुवासभा सदरमुकाम खाँदबारीमा बिहीबार आयोजित कार्यक्रममा उहाँले दशैँ र तिहारजस्ता चाडपर्वले गर्दा केही ढिला भएकाले मङ्सिरको दोस्रो सातादेखि शुरु हुने हिउँदे अधिवेशनले सहमतिमै नाम र केन्द्र टुङ्ग्याउने बताउनुभएको हो ।

“प्रदेशमा संलग्न सबै दलसँग सहमति गरेर टुङ्ग्याउने छौँ”, मन्त्री घिमिरेले भन्नुभयो, “नाम र राजधानीका विषयमा बहस भइरहेको छ ।”

सङ्खुवासभा प्रदेश १ को महत्वपूर्ण जिल्ला भएको बताउँदै उहाँले किमाथाङ्का– जोगवनी सडक जोडिएपछि प्रदेश १ लाई यसले समृद्ध बनाउने र पर्यटकीय हिसाबले पनि यो जिल्लाको महत्व वढेकोे विचार व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News