भोजपुरमा ज्योतिष शिक्षण केन्द्र सञ्चालन



भोजपुर, १ मङ्सिर

भोजपुरमा पहिलो पटक ज्योतिषशास्त्र प्रशिक्षण केन्द्र सञ्चालनमा आएको छ ।

नेपाल ज्योतिष परिषद् जिल्ला कार्यसमिति भोजपुर ज्योतिषशास्त्र ज्ञान दिलाउने लक्ष्यका साथ भोजपुरको पोखरेमा आज केन्द्रको उद्घाटन गरेको हो । तत्काल १५ जनाले ज्योतिष शिक्षा लिइरहेको समितिका सचिव रमेश सुवेदीले जानकारी दिनुभयो ।

ज्योतिषशास्त्रको ज्ञान सबैलाई काम काज गर्न सजिलो हुने तथा ज्योतिष जस्तो विद्याको संरक्षण गरी भावी पुस्तासम्म पु¥याउन आगामी दिनमा विद्यालय नै सञ्चालन गर्ने तयारी गरेको समितिको अध्यक्ष डम्बर चौलागाईंले जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रममा भोजपुर बहुमुखी क्याम्पसका प्रमुख डा रोहितकुमार श्रेष्ठले ज्योतिष ज्ञान सबैका लागि उपयोगी रहेको भन्दै समितिको गरेको कामको प्रशंसा गर्नुभयो । ज्योतिषको महत्व विज्ञानसम्म पुष्टि गरिसकेको बताउँदै उहाँले यस्ताखालका कामको सबैले कदर गर्दै सहयोगका लागि जुट्नुपर्नेसमेत बताउनुभयो ।

सोही कार्यक्रममार्फत समितिका पदाधिकारी, समाजसेवीसँगै सञ्चारगृह तथा सञ्चारकर्मीलगायतलाई सम्मानपत्र वितरण गरिएको छ । कार्यक्रममार्फत समितिको पञ्चवर्षीय योजनासमेत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News