उर्लाबारीकी दुर्गा अग्रवालले गरिन् एमबिएसमा नेपाल टप


 


उर्लाबारी, मंसिर २७

झापाको दमक बहुमुखी क्याम्पसकी बिद्यार्थी दुर्गा अग्रवालले एमबिएसमा नेपाल टप गरेकी छन् । उनले ७५ प्रतिशत अंक ल्याएकी छन् । माध्यमिक तह पशुपति स्कूल, नेपाल दर्शनमा प्लस टु गरेकी उनले एमबिएस दमक क्याम्पसबाट गरेकी हुन् ।

त्रिभुवन विश्वबिद्यालयले गर्न लागेको चवालीसौ दिक्षान्त समारोहका लागि दीक्षान्त पदक एवं पुरस्कार प्राप्त गर्नेहरुको नाम सार्वजनिक गर्ने क्रममा उनको नाम सार्वजनिक भएको हो । उनी मोरङको उर्लाबारी – ५ की बासिन्दा हुन् ।

प्रकाशित मिति: २७ मंसिर २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्